पात्रो

रेडियो

समाचार खोजी

सर्बसाधारणलाई छुट्टयाइएको ट्रेड टावरको आइपीओ आजदेखि

साझा अर्थ संवाददाता १४ जेठ २०८२, बुधवार

ट्रेड टावर लिमिटेडले सर्वसाधारणलाई छुट्टयाएको आईपीओ  आज देखि बिक्री खुला गरेको छ। १९ गतेसम्म आवेदन दिन सकिने आइपीओमा  सर्वसाधारणलाई ३२ लाख ९६ हजार ५ सय ५ दशमलव १९ कित्ता शेयर निष्काशन गरेको हो । न्युनतम १० कित्ता र अधिकतम १०० कित्ताको लागि आवेदन दिन सक्ने छन् ।

कम्पनीले यस अघि नै  श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेकालाई शेयर निष्काशन गरि बाँडफाँड गरिसकेको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई चैत्र २५ गते शेयर निष्काशनको अनुमति प्रदान गरेको थियोे । कम्पनीले कुल ३९ करोड ७१ लाख ६९ हजार ३ सय रुपैयाँ बराबरको ३९ लाख ७१ हजार ६ सय ९३ कित्ता शेयर निष्काशन गर्ने छ। कम्पनीले जारी पुँजीको ४८।६९६ प्रतिशत शेयर आईपीओको रुपमा निष्काशन गर्न लागेको हो। शेयर निष्काशनको लागि लक्ष्मी सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

198 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सम्बन्धित समाचारहरु