पात्रो

रेडियो

समाचार खोजी

चीनको अर्को महत्त्वपूर्ण उपलब्धि : नयाँ सञ्चार उपग्रह सफलतापूर्वक प्रक्षेपण

साझा अर्थ संवाददाता ७ जेठ २०८२, बुधवार

काठमाडाै‌ःचीनले मंगलबार साँझ हाइनान प्रान्तको वेनचाङ अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट नयाँ सञ्चार उपग्रह सफलतापूर्वक प्रक्षेपण गरिएको जनाएको छ।

‘चाइना–स्याट ३बी’ नामको उक्त उपग्रहलाई साँझ ७ः५० बजे लङ मार्च नामक रकेटमार्फत प्रक्षेपण गरिएको हो। उपग्रहले पूर्वनिर्धारित कक्षमा सफलतापूर्वक स्थान लिन सफल भएको छ।

यो उपग्रहमार्फत स्वर सञ्चार तथ्य आदानप्रदान, रेडियो तथा टेलिभिजन प्रसारण सेवा प्रदान गरिने अपेक्षा गरिएको छ।

लङ मार्च रकेट शृंखलाको यो ५७७औँ उडान हो। यसलाई एक महत्त्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ ।

191 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता