पात्रो

रेडियो

समाचार खोजी

ट्रम्पले युद्धविरामको विषयमा पुटिन र जेलेन्स्कीसँग वार्ता गर्ने,

साझा अर्थ संवाददाता ४ जेठ २०८२, आइतवार

काठमाडौंः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्थानीय समयअनुसार सोमबार बिहान १० बजे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुरा गर्ने बताएका छन्।

शनिबार साँझ उनले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखे, 'म सोमबार बिहान १० बजे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनमा कुरा गर्नेछु। हाम्रो वार्ताको एजेन्डा रक्तपात, मृत्यु रोक्नु र व्यापार हुनेछ।'

उनले त्यसपछि म युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्की र त्यसपछि नेटो गठबन्धनका अन्य सदस्यहरूसँग कुरा गर्ने जनाएका छन्।

उनले थप लेखे, 'मलाई आशा छ यो एक उत्पादक दिन हुनेछ। युद्धविराम हुनेछ र यो हिंसात्मक युद्ध, जुन कहिल्यै हुनुहुँदैन थियो, रोकिनेछ।'

शुक्रबार रूस र युक्रेनबीच इस्तानबुलमा शान्ति वार्ता भएको थियो। जसमा दुवै पक्ष एक हजार युद्धबन्दी आदानप्रदान गर्न र युद्धविरामको लागि आ-आफ्नो प्रस्ताव प्रस्तुत गर्न सहमत भएका थिए।

उक्त बैठकमा युक्रेनी राष्ट्रपति जेलेन्स्की र रूसी राष्ट्रपति पुटिन भने उपस्थित थिएनन्। शान्ति वार्ताको नतिजापछि ट्रम्पले आफूले सकेसम्म चाँडो रूसी राष्ट्रपति पुटिनलाई भेट्न चाहेको बताएका थिए।

179 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता