पात्रो

रेडियो

समाचार खोजी

क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको नाफा ६३८ प्रतिशतको उछाल!

साझा अर्थ संवाददाता २८ वैशाख २०८२, आइतवार
काठमाडौँ | क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको नाफा ६३८.४ प्रतिशतले बढेको छ। कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म १ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आ.व को सोही अवधिसम्म भने कम्पनीले १४ लाख २६ हजार रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो। समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन पनि बढेको छ। कम्पनीले १९ करोड ४१ लाख रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो आवको तुलनामा ३४६.४२ प्रतिशतले बढी हो ।  
 
कम्पनीको कुल आम्दानी पनि १९८.७२ प्रतिशतले बढेर २३ करोड ४८ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आवसम्म ७ करोड ७१ लाख रुपैयाँ रहेको कम्पनीको कुल खर्च बढेर २२ करोड ४२ लाख रुपैयाँ पुगेको छ। यस्तै कम्पनीको दाबी भुक्तानी पनि २ करोड ७० लाखबाट बढेर १३ करोड ९ लाख पुगेको छ। कम्पनीको महाविपत्ती कोषको आकार २० लाख ४८ हजार र  जगेडा नाफा आकार १ करोड २२ लाख रहेको छ ।   समीक्षा अवधिसम्म कम्पनीले १ लाख ११ हजार ९३४ वटा बीमा पोलिसी जारी गरेको छ। समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)१.८७ रुपैयाँ,प्रतिसेयर नेटवर्थ १०२.८८ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १२५.५८ रुपैयाँ र मूल्य आम्दानी अनुपात १९५.४० गुणा कायम भएको छ।
114 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता