पात्रो

रेडियो

समाचार खोजी

झ्याँकु खोला पुल निर्माण सम्पन्न

साझा अर्थ संवाददाता २७ वैशाख २०८२, शनिवार

दोलखाः गौरिशंकर गाउँपालिका वडा नम्बर एक तथा तीनको सिमा क्षेत्रमा बग्ने झ्याँकु खोलामा पक्की पुल निर्माण सम्पन्न भएको छ । 
सिद्धको थान– जुँगु–झ्याँकु–तिनेखु सडक अन्तर्गत झ्याँकु खोलामा पक्की पुल निर्माण सम्पन्न भएको जिल्ला पूर्वाधार विकास कार्यालय दोलखाका प्रमुख हरिप्रसाद ओझाले जानकारी दिनुभयो । बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत ठेक्का बाट सो पुलको निर्माणकालागि निर्धारित समय अगावै पुल निर्माण सम्पन्न भएको उहाँको भनाई हरेको छ । 
पुल निर्माणकोलागि २०८१ साल जेठ १६ गते श्री एम एम/प्रसान्त जेभी सँग ७ करोड ४२ लाख ४८ हजारमा निर्माण सम्भौता सम्पन्न भएको थियो । २०८२ मंशिर १५ गते सम्म पुल निर्माण सम्पन्न गर्ने गरी ठेक्का लगाइएतापनि २०८२ साल बैशाख २३ गते नैं निर्माण सम्पन्न भएको पूर्वाधार विकास कार्यालय दोलखाले जनाएको छ । ठेक्का सम्झौता भन्दा सात महिना अगावै पूलको निर्माण सम्पन्न भएको कार्यालयको भनाई रहेको छ । 
स्टील प्लेट गार्डर प्रकारको सो पुलको लम्बाई ३० दशमलब ६ मिटर तथा एक स्पानको रहेको छ  ।  सो पुल निर्माण बाट गौरिशंकर गाउँपालिकाका उत्तरी भेगका वासिन्दालाई यत्रा गर्न सहज हुने छ ।

354 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता