पात्रो

रेडियो

समाचार खोजी

एआई सञ्चालित ‘ब्रेथ फ्री ९०’ कार्यक्रम घोषणा

साझा अर्थ संवाददाता २५ वैशाख २०८२, बिहिवार

 

विश्वव्यापी औषधि कम्पनी सिप्लाले नेपाल रेस्पिरेटरी सोसाइटीसँगको साझेदारीमा ‘ब्रेथ फ्री ९०’ एआई सञ्चालित पहलको घोषणा गरेको छ । यो पहलले नेपालमा श्वासप्रश्वासका बिरामीमा इनहेलर प्रयोग गर्ने तरिकालाई एआईमार्फत निर्देशित गराउने लक्ष्य राखिएको छ ।

तीन महिनाका लागि डिजाइन गरिएको यो कार्यक्रमले बिरामीको इनहेलर उपचारलाई सघाउन ह्वाट्सएपमार्फत दैनिक सूची पठाउन च्याटबट प्रयोग गर्नेछ । नेपालमा दम र क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिजजस्ता श्वासप्रश्वास रोगहरू बढिरहेका वेला आएको यो पहललाई महŒवपूर्ण रूपमा हेरिएको कम्पनीले जनाएको छ । 

‘ब्रेथ फ्री ९०’ ले समयमै रिमाइन्डर प्रदान गर्नुका साथै बिरामीलाई इनहेलर प्रयोग र रोग व्यवस्थापनमा शैक्षिक सामग्री पनि प्रदान गर्नेछ । बिरामीले क्लिनिक, अस्पताल र फार्मेसीमा उपलब्ध क्युआर कोड स्क्यान गरेर सजिलैसँग कार्यक्रममा सहभागी हुन सक्नेछन् । त्यसपछि बिरामीको सहमतिमा च्याटबटले उनीहरूको उपचार तालिकाअनुरूप अन्तक्र्रियात्मक सन्देश पठाउने बताइएको छ । 

सिप्लाका इमर्जिङ मार्केट्स एन्ड युरोपका सिइओ स्वप्न मालपाणीका अनुसार यो कार्यक्रमले बिरामी हेरचाहमा वास्तविक परिवर्तन ल्याउन प्रविधि प्रयोग गर्ने कम्पनीको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्छ । 

‘हामी दीर्घकालीन श्वासप्रश्वासका रोगी मानिस कसरी बाँच्छन् भन्ने कुरामा सुधार गर्न काम गरिरहेका छौँ र ब्रेथ फ्री ९० त्यो दिशामा एक ठुलो कदम हो,’ उनले भने ।

234 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता