पात्रो

रेडियो

समाचार खोजी

गाजामा हमासद्वारा बन्धक बनाइएका २१ जना मात्रै जीवित रहेको विश्वास गरिएको ट्रम्पको भनाइ

साझा अर्थ संवाददाता २४ वैशाख २०८२, बुधवार

 वासिङ्टन, २४ वैशाख (रासस/एपी) : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार गाजामा हमासले पक्रिएका तीन बन्धकको मृत्यु भएको र २१ जना मात्रै जीवित रहेको विश्वास गरिएको बताउनुभएको छ । 

    “आजको मितिसम्म २१ जना छन्, तीन जनाको मृत्यु भएको छ”, हालसम्म २४ जना जीवित रहेको विश्वास गरिएको उल्लेख गर्दै ट्रम्पले हमासले लिएका बन्धकहरूको बारेमा भन्नुभयो । 

   उहाँले अब मृत भएको विश्वास गरिएकाहरूको पहिचान वा उनीहरूको मृत्युको बारेमा कसरी थाहा पाउनुभयो भन्ने बारे थप विवरण दिनुभएन । “त्यहाँ २१ जना छन् र धेरै मृत शरीर पनि”, उहाँले भन्नुभयो । 

    एक अमेरिकी एडन अलेक्जान्डर जीवित रहेको विश्वास गरिएका २४ बन्धक मध्ये एक थिए । हमासले सन् २०२३ को अक्टोबर ७ मा इजरायलमाथि आक्रमण गरेपछि अन्य केही अमेरिकीका शव पनि हमासको कब्जामा रहेका छन् । 

   बन्धकहरूलाई पुनः प्राप्त गर्न र हमासलाई नष्ट गर्ने आफ्नो युद्ध लक्ष्यहरू पूरा गर्ने प्रयासमा इजरायलले गाजा पट्टी कब्जा गर्ने र प्यालेस्टिनी क्षेत्रमा अनिर्दिष्ट समयका लागि बस्ने योजनालाई सोमबार अनुमोदन गरेपछि राष्ट्रपति ट्रम्पको टिप्पणी आएको हो । 

    यदि कार्यान्वयन गरियो भने यस कदमले त्यहाँ इजरायलको अपरेसनहरू व्यापक रूपमा विस्तार गर्नेछ र सम्भवतः कडा अन्तर्राष्ट्रिय विरोधलाई आकर्षित गर्नेछ । 

   अमेरिकी दूतावासले सोमबार १७ जना अमेरिकी नागरिक र कानूनी स्थायी बासिन्दाहरूलाई गाजा छोड्न मद्दत गरेको अमेरिकी विदेश मन्त्रालयले मङ्गलबार जनाएको छ । “हामी इजरायली र जोर्डन सरकारहरूका हाम्रा साझेदारहरूलाई धन्यवाद दिन्छौँ जसले यो प्रस्थान सम्भव बनाए,“ मन्त्रालयले भनेको छ । 

   विदेशमन्त्री मार्को रुबियोले सोमबार वासिङ्टनमा जोर्डनका राजा अब्दुल्लाह द्वितीयसँग भेट गर्नुभयो । 

171 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सम्बन्धित समाचारहरु