पात्रो

रेडियो

समाचार खोजी

‘बजाज ग्रान्ड कार्निभल’ योजना

साझा अर्थ संवाददाता १६ वैशाख २०८२, मङ्गलवार
बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले ‘बजाज ग्रान्ड कार्निभल’ योजना ल्याएको छ । कम्पनीले यही २०८२ वैशाख १६ गतेदेखि २१ गतेसम्म भृकुटीमण्डपम आयोजना हुन लागेको ‘बजाज ग्रान्ड कार्निभल’ मार्फत ग्राहकहरुले २०+ भ्यालुयटर्सहरूबाट ग्यारेन्टीका साथ उच्चतम भ्यालुयसन, अन द स्पट फाइनान्स तथा निःशुल्क असेसोरिज पाउने कम्पनीले जानाएको छ ।

साथै यसअघि मोटरसाइकल खरिद गर्दा हुने झन्झटिलो प्रक्रिया जस्तै घर जग्गाको लालपुर्जा, पानी वा बिजुलीको बिल, आफ्नो आयस्रोतको सर्टिफिकेट लगायतका विभिन्न कागजात आवश्यकतालाई यो योजनाले सरल बनाउनेछ । किस्ताबन्दीमा किन्न चाहने ग्राहकले १ घण्टाभित्रै ऋण पास गरेर ९.९९ प्रतिशत सुलभ ब्याजदरमै सरल फाइनान्समार्फत यो सुविधा पाउन सक्ने जनाइएको छ । साथै, बजाज ग्रान्ड कार्निभल वैशाख १६ गतेदेखि वैशाख २१ गतेसम्म भृकुटीमण्डपमा चल्ने छ भने ग्राहक हरुको लागि गेम जोन, टेस्ट राईड पनि रहेको छ ।

काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुन लागेको ‘बजाज ग्रान्ड कार्निभल’ नेपालको बृहत ठुलो मोटरसाइकल एक्सचेन्ज योजना हो । यस योजना अन्तर्गत ग्राहकहरुले बजाजका मोटरसाइकलहरु ग्राहकहरुलाई आफ्ना पुराना बाइकहरूको उच्चतम् मुल्याङ्कन प्राप्त गरेर बजाजका आकर्षक नयाँ मोडेलहरू लैजाने अवशर प्रदान गर्दछ ।
 
147 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता