पात्रो

रेडियो

समाचार खोजी

ग्लोबल आइएमईको सोलार कर्जा योजना

साझा अर्थ संवाददाता १० वैशाख २०८२, बुधवार

ग्लोबल आइएमई बैंकले पृथ्वी दिवसका अवसरमा औद्योगिक र व्यावसायिक भवनमा सोलार सिस्टम जडानलाई प्रोत्साहन गर्न रुफटप सोलार कर्जा योजना सार्वजनिक गरेको छ । वातावरणीय प्रभाव न्यूनीकरण गर्दै दिगोपनतर्फ अग्रसर हुन रुफटप सोलार कर्जा योजना सार्वजनिक गरेको बैंकले जनाएको छ । 

कर्जाको मुख्य उद्देश्य नवीकरणीय ऊर्जाको पहुँच विस्तार गर्ने, जलविद्युत् ऊर्जा आपूर्तिमा निर्भरता घटाउँदै ऊर्जा सुरक्षा सुनिश्चित गर्ने र ऊर्जा खपत कम गर्दै वातावरणीय प्रभाव न्यूनीकरण गर्ने रहेको छ । यो कर्जाबाट उत्पादनमूलक उद्योग तथा व्यवसाय होटेल, हस्पिटल, कोल्ड स्टोर, हाउजिङ कम्पनी, व्यापारिक भवन, शैक्षिक संस्थाले प्रत्यक्ष लाभ लिन सक्ने बताइएको छ ।

125 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्

सम्बन्धित समाचारहरु