पात्रो

रेडियो

समाचार खोजी

बेदेशिक रोजगारीमा रहेकालाई ट्रेड टावरको आइपीओ आजदेखि

साझा अर्थ संवाददाता ८ वैशाख २०८२, सोमवार

ट्रेड टावर लिमिटेडले आज वैशाख ८ गतेदेखि  पहिलो चरणको श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेकालाई साधारण शेयर बिक्री खुला गरेको छ । २२ गतेसम्म आवेदन दिन सकिने  यस चरणमा ३ लाख ९७ हजार १ सय ६९ दशमलव ३० कित्ता शेयर बिक्री खुलाइएको छ । शेयर निष्काशनको लागि लक्ष्मी सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई चैत्र २५ गते शेयर निष्काशनको अनुमति प्रदान गरेको थियोे । कम्पनीले कुल ३९ करोड ७१ लाख ६९ हजार ३ सय रुपैयाँ बराबरको ३९ लाख ७१ हजार ६ सय ९३ कित्ता शेयर निष्काशन गर्ने छ। कम्पनीले जारी पुँजीको ४८.६९६ प्रतिशत शेयर आईपीओको रुपमा निष्काशन गर्न लागेको हो। 

 

150 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता