पात्रो

रेडियो

समाचार खोजी

गाजामा कुनै मानवीय सहायता प्रवेश गर्नेछैन : इजरायली रक्षामन्त्री

साझा अर्थ संवाददाता ३ वैशाख २०८२, बुधवार

जेरुसेलम, ३ वैशाख (रासस/एएफपी) : इजरायलका रक्षामन्त्री इजरायल काट्जले देशले युद्धग्रस्त गाजा पट्टीमा प्रवेश गर्नबाट मानवीय सहायता रोक्ने बताउनुभएको छ । गाजा पट्टीमा तीव्र हवाई र भूमि आक्रमणहरू पुनः सुरु भएका छन् ।

    “इजरायलको नीति स्पष्ट छ : कुनै पनि मानवीय सहायता गाजामा प्रवेश गर्दैन र यो सहायता रोक्नु हमासलाई जनताको माध्यमका रूपमा प्रयोग गर्नबाट रोक्ने मुख्य दबाब तत्वहरू मध्ये एक हो”, मार्च २ देखि सहायताको प्रवेश रोक्ने इजरायलको निर्णयपछि ठूलो मानवीय सङ्कटका बीच काट्जले एक विज्ञप्तिमा भन्नुभयो, “हाल गाजामा कुनै पनि मानवीय सहायतालाई अनुमति दिने कसैको योजना छैन र त्यस्तो सहायता सक्षम पार्ने कुनै तयारी छैन ।”

    संयुक्त राष्ट्रसङ्घले सोमबार गाजाले सन् २०२३ अक्टोबरमा युद्ध सुरु भएपछिको सबैभन्दा गम्भीर मानवीय सङ्कटको सामना गरिरहेको चेतावनी दिएको छ ।

    “मानवीय स्थिति अहिले सम्भवतः शत्रुता सुरु भएको १८ महिनामा सबैभन्दा खराब छ”, संयुक्त राष्ट्रसङ्घको मानवीय मामिला समन्वय कार्यालय (ओसिएचए) ले भनेको छ ।

    एक विज्ञप्तिमा ओसिएचएले डेढ महिनादेखि गाजामा कुनै आपूर्ति नपुगेको र चिकित्सा आपूर्ति, इन्धन, पानी र अन्य आवश्यक वस्तुहरूको अभाव रहेको बताएको छ ।

    “गाजाभित्र प्रतिबन्धहरूका साथसाथै क्रसिङहरूको बन्दका कारण घट्दो आपूर्तिले उनीहरूलाई (सहायता कार्यकर्ताहरू) बाँकी भण्डारको सबैभन्दा बढी उपयोग गर्न रासन र वितरण घटाउन बाध्य गरेको छ”, ओसिएचएले भन्यो ।

    इजरायलले जनवरी १९ मा लागू भएको युद्धविराम सम्झौता दुई महिनापछि यसको अर्को चरणका बारेमा मतभेदका कारण टुट्न पुगेपछि प्यालेस्टिनी क्षेत्रमा आफ्नो तीव्र सैन्य आक्रमण पुनः सुरु गरेको छ ।

    त्यसयता हजारौँ मानिस विस्थापित भएका छन् ।

    इजरायलले गाजा पट्टीमा २४ लाख प्यालेस्टिनीका लागि महत्त्वपूर्ण अन्तर्राष्ट्रिय सहायताको प्रवेशलाई कडाइका साथ नियन्त्रण गरेको छ ।

142 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता