पात्रो

रेडियो

समाचार खोजी

उपत्यकाको वायु खतरनाक अवस्थामा, सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

साझा अर्थ संवाददाता २४ चैत २०८१, आइतवार



उपत्यकाको वायु खतरनाक अवस्थामा रहेकाले यसबाट बच्न उच्च सतर्कता अपनाउन आग्रह गर्दै अनावश्यक रूपमा घरबाट बाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ ।

काठमाडौँ उपत्यकामा एक सातादेखी वायु प्रदूषणको उच्च देखिएको छ । आइक्यू एअरले आइतबार बिहान गरेको मापनअनुसार उपत्यका विश्वको दोस्रो प्रदूषित शहरमा परेको छ ।

अहिले काठमाडौँ उपत्यकाको‘  ‘एयर क्वालिटी इन्डेक्स’ (एक्यूआई) अर्थात् औसत वायु गुणस्तर सूचक २११ रहेको छ ।  वायु प्रदूषणमा भारतको दिल्ली पहिलो स्थानमा छ । जहाँ एक्यूआई २९० छ । यस्तै, तेस्रो स्थानमा रहेको पाकिस्तानको लाहोरको १९९ एक्यूआई छ ।

लामो समयदेखि पानी नपर्नु र नेपालका विभिन्न जङ्गलमा लागेको डढेलो र धुवाँका कारण काठमाडौंडौँको आकाशमा धुलो थुप्रिएकाले वायु प्रदूषण उच्च भएको विज्ञहरुले बताएका छन् । विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार मानव स्वास्थ्यका लागि वायुको गुणस्तर सूचकाङ्क ० देखि ५० सम्म स्वास्थ्यको लागि राम्रो मानिन्छ ।

 

201 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्

सम्बन्धित समाचारहरु