अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २ अप्रिलबाट नयाँ पारस्परिक भन्सार शुल्क नीति लागू गरेका छन्। यो नीति अनुसार सबै देशबाट अमेरिकामा आयात हुने सामानमा १० प्रतिशत आधारभूत शुल्क लाग्नेछ भने कुनै देशले अमेरिकी सामानमा लगाउने शुल्कको आधारमा थप शुल्क निर्धारण गरिनेछ। यो नियम अप्रिल ५ बाट आधारभूत शुल्क र अप्रिल ९ बाट पारस्परिक शुल्कको रूपमा कार्यान्वयनमा आउनेछ।
कुन देशमा कति शुल्क?
चीन: ३४%
युरोपेली संघ (EU): २०%
जापान: २४%
भारत: २६%
दक्षिण कोरिया: २५%
भियतनाम: ४६%
क्यानडा: १५%
मेक्सिको: १८%
ब्राजिल: २२%
रुस: ३०%
टर्की: २८%
अष्ट्रेलिया: १४%
थाइल्याण्ड: ३२%
इन्डोनेसिया: २७%
दक्षिण अफ्रिका: २१%
नेपाल: १०% (केवल आधारभूत शुल्क)
साझा अर्थ संवाददाता