पात्रो

रेडियो

समाचार खोजी

संस्थागत लगानीको लागि पहल गर्न एनआरएनलाई उद्योग मन्त्रीको आग्रह

साझा अर्थ संवाददाता १७ चैत २०८१, आइतवार

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दक्षिण एसियामा नेपाल लगानीका लागि प्रचुर सम्भावनाको क्षेत्र रहेकाले व्यक्तिगत मात्र नभएर सामुहिक तथा सस्थागत लगानी भित्र्याउने पहल गर्न  गैरआवासीय नेपालीलाई आग्रह गरेका छन् ।

शनिवार माल्टामा आयोजित गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को युरोपेली क्षेत्रीय सम्मेलन, २०२५ मा उनले लगानीको सुरक्षा र उपयुक्त वातावरण बनाउन सरकार तयार रहेको बताए । मन्त्री भण्डारीले भने– ‘नेपालमा कृषि, पर्यटन, उद्योगलगायत क्षेत्रमा लगानीका सरकारले वातावरण बनाएको र त्यसमा थप सहजीकरणका लागि सरकार तयार छ ।

मन्त्री भण्डारीले आफू मन्त्री भएपश्चात् नेपालमा व्यापार, व्यवसाय तथा उद्योगका क्षेत्रमा थुप्रै सकारात्मक एवं राम्रा काम गरेको उल्लेख गर्दै निर्धक्क भएर लगानीका लागि आग्रह गरे । सरकारले लगानीका लागि आवश्यक कानुनी संरचना बनाइसकेको र त्यसैमा टेकेर उद्योग, व्यापारलगायतका क्षेत्रमा पछिल्लो समय थुप्रै लगानी सुरु भइसकेको उनको भनाइ थियो ।

कार्यक्रममा एनआरएनए आइसीसीका महेश अधिकारी, लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी निर्देशक सुशील ज्ञवाली मध्यस्थकर्ताका रूपमा रहेका थिए ।

121 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्