पात्रो

रेडियो

समाचार खोजी

राष्ट्र बैंकले गर्यो डिजिटल वित्तीय नवप्रवर्तन केन्द्र स्थापना

साझा अर्थ संवाददाता १४ चैत २०८१, बिहिवार

काठमाडौं । नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले बैंकिङ तथा भुक्तानी प्रणालीलाई आधुनिक प्रविधिमा आधारित बनाई वित्तीय सेवा विस्तार गर्न तथा नवप्रवर्तनलाई प्रवर्द्धन गर्न डिजिटल वित्तीय नवप्रवर्तन केन्द्र स्थापना गरेको छ। नयाँ प्रविधि तथा अवधारणाहरूलाई सहज बनाउने, नीति तथा नियमहरूबारे जानकारी गराउने, सरोकारवालाबाट प्राप्त सुझाव संकलन गर्ने, नवप्रवर्तनकारी योजनाहरूको मूल्यांकन गर्ने र आवश्यक परामर्श तथा मार्गदर्शन प्रदान गर्ने यस केन्द्रको उद्देश्य राखिएको राष्ट्र बैकले जनाएको छ। नेपाल राष्ट्र बैंकले डिजिटल वित्तीय प्रणालीलाई सुदृढ बनाउन तथा नवीन वित्तीय समाधानहरूलाई मार्गनिर्देशन दिन यो केन्द्र स्थापना गरेको जानकारी सार्वजनिक गरेको हो।

148 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता