पात्रो

रेडियो

समाचार खोजी

३० युनिटसम्म बिद्युत् प्रयोग गर्ने बिपन्नलाई ५० प्रतिशत छुट

साझा अर्थ संवाददाता १४ चैत २०८१, बिहिवार

काठमाण्डौ । महिनामा ३० युनिटसम्म विद्युत् प्रयोग गर्ने गरिब तथा बिपन्न जनतालाई विद्युत्को सेवा शुल्कमा ५० प्रतिशत छुट दिने भएको छ । नेपाल बिद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक   हितेन्द्रदेव शाक्यले ३० युनिटसम्म विद्युत् प्रयोग गर्ने जनतालाई विद्युत्को सेवा शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरेका हुन् ।  
 
अहिले २० युनिटसम्म विद्युत् प्रयोग गर्ने जनताले सेवा शुल्कबापत मासिक ३० रुपैयाँ तिर्नुपर्छ । सो मा प्राधिकरणले ५० प्रतिशत छुट दिने निर्णय गरी त्यसको स्वीकृतिका लागि विद्युत् नियमन आयोगमा सिफारिस गर्ने निर्णय भएको हो । नियमन आयोगले स्वीकृति दिएपछि यो दर लागू हुनेछ ।
 

77 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्