पात्रो

रेडियो

समाचार खोजी

कृषि अनुदानमा हुने बदमासीको अन्त्य भएको छ : कृषिमन्त्री अधिकारी

साझा अर्थ संवाददाता १२ चैत २०८१, मङ्गलवार

काठमाडौं । कृषि तथा पशुपन्छी  विकासमन्त्री रामनाथ अधिकारीले विगतमा कृषि अनुदानमा बदमासी भएपनि अब यसको अन्त्य भएको बताउनुभएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघको कृषि उद्यम केन्द्रले ललितपुरमा गरेको कृषिमा लगानी सम्बन्धी सम्मेलनलाई सम्बोधन गर्दै कृषिमन्त्री अधिकारीले मन्त्रालयले हालसम्मको अनुदान विवरण सार्वजनिक गर्ने कार्यको सुरुवात भएकाले अब सबै अनुदान पारदर्शीे  हुने र कसले के का लागि कति रकम लिएको हो सबैले थाहा पाउन सक्ने अवस्था बनेको बताउनुभयो ।
विगत पाँच वर्षमा एक खर्ब पाँच अर्ब रुपियाँ रकम कृषि अनुदानमा गएको उल्लेख गर्दे मन्त्री अधिकारीले विगतमा जस्तो सिधै मन्त्रालयबाट जाने अनुदान भने अहिले रोकिएको बताउनुभयो ।
कृषिमन्त्री अधिकारीले कृषिमा आत्मनिर्भरताका लागि सबै क्षेत्रको  प्रयास जरुरी रहेको र निजी क्षेत्रको प्रयासले मात्र कृषि क्षेत्रमा राज्यले लिएको लक्ष्य पुरा हुन सक्ने बताउनुभयो ।

158 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता