पात्रो

रेडियो

समाचार खोजी

कृषि यान्त्रिकीकरणको प्रवर्द्धनमा व्यवसायीहरुको भूमिका महत्वपूर्ण

कृषि उपकरणको गुणस्तरीयतामा विश्वस्त हुने अवस्था छैन : कृषि मन्त्री अधिकारी

साझा अर्थ संवाददाता १० चैत २०८१, आइतवार

ललितपुर । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषिमा प्रयोग हुने यन्त्र तथा उपकरणको गुणस्तरमा प्रश्न उठाउनुभएको छ । ललितपुरमा आयोजित नेपाल कृषि मेशिनरी व्यवसायी संघको नवौ वार्षिक साधारण सभालाई सम्वोधन गर्दे मन्त्री अधिकारीले एकातिर कृषिलाई यन्त्रीकरण गर्दे जानु पर्ने आवश्यकता छ, अर्को तर्फ यस्ता उपरणको गुणस्तरीयतामा विश्वस्त हुने अवस्था छैन भन्नुभयो ।

आफु स्ंवयमले किनेको हाते टयाक्टर बिग्रिएर प्रत्येक वर्ष दश हजार भन्दा वढि खर्च गर्नू परेको वास्तविकता छ ,पचास हजार हालेर किनेको मेसिन मर्मत गरिरहन किसानले खर्च धेरै गर्न परिरहेको छ यो अवस्थाको अनत्य हुनपर्छ मन्त्री अधिकारीले भन्नुभयो ।

कृषि उपकरण खरिद गर्दा गुणस्तरमा निश्चिन्त भएर गर्न पनि किसानहरुलाई मन्त्री अधिकारीले आग्रह गर्नूभयो । कृषि यान्त्रिकीकरणको प्रवर्द्धनमा व्यवसायीहरुको भूमिका महत्वपूर्ण रहेको र अव यस्ता यन्त्र उपकरण स्वदेशमै वनाउन पहल गर्न व्यवसायीहरुलाई मन्त्री अधिकारीले आग्रह गर्नुभयो ।
उत्पादन लागत घटाउन, उत्पादकत्व बढाउन र दीगो कृषि प्रणाली सुनिश्चित गर्न यान्त्रिकीकरणलाई प्राथमिकता दिदै सरकार अघि वढेको छ मन्त्री अधिकारीले ,भन्नुभयो । आधुनिक कृषि यन्त्र तथा उपकरणहरूमा अनुदानका कार्यक्रमहरु निरन्तर सञ्चालनमा ल्याएका कारण उत्पादन वृद्धि हुदैछ ,यसलाई अझ प्रभावकारी बनाउन सरकार सरोकार पक्ष सँग सहकार्य गर्न तयार रहेको पनि मन्त्री अधिकारीले उल्लेख गर्नुभयो ।
195 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता