पात्रो

रेडियो

समाचार खोजी

गत आर्थिक वर्षको  औषत मुद्रास्फीति ५ दशमलब ४४ प्रतिशत

साझा अर्थ संवाददाता २ भदौ २०८१, आइतवार

काठमाडौः गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक औसत मुद्रास्फीति पाँच दशमलव ४४ प्रतिशत रहेको पाइएको छ । नेपाल राष्ट्र बैंकद्वारा आज सार्वजनिक तथ्याङ्क अनुसार सो मुद्रास्फीति पाइएको हो ।
मूल्यवृद्धि वाञ्छित सीमाभित्र देखिएको प्रतिवेदन मा उल्लेख छ । राष्ट्र बैङ्कका आनुसार गत आवमा आयात एक दशमलव दुई प्रतिशतले र निर्यात तीन प्रतिशतले घटेको छ । अघिल्लो वर्ष आयात १६ दशमलव एक प्रतिशतले र निर्यात २१ दशमलव चार प्रतिशतले घटेको थियो । यस्तै गत आवमा  विप्रेषण आप्रवाह १६ दशमलव पाँच प्रतिशतले बढेर रु १४ खर्ब ४५ अर्ब ३२ करोड पुगेको राष्ट्रबैंकको भनाई रहेको छ ।
यसैगरी शोधनान्तर स्थिति रु पाँच खर्ब दुई अर्ब ४९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति रु दुई खर्ब ८५ अर्ब ८२ करोडले बचतमा रहेको थियो । गत आवमा कूल विदेशी विनिमय सञ्चिति १५ अर्ब २७ करोड अमेरिकी डलर रहेको छ । उक्त सञ्चिति १३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ । यो अवधिमा विस्तृत मुद्राप्रदाय १३ प्रतिशतले बढेको पाइएको प्रतिवेदनमा उल्लेख छ । गत आवमा बैङ्क तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन १३ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा पाँच दशमलव आठ प्रतिशतले बढेको छ । असार मसान्तमा बैङ्क तथा वित्तीय संस्थाहरुमा रहेको कूल निक्षेप रु ६४ खर्ब ५२ अर्ब र निजी क्षेत्रमा प्रवाहित कर्जा रु ५० खर्ब ७४ अर्ब पुगेको नेपाल राष्ट्रबैकद्वारा सार्वजनिक गरिएको तथ्याङ्कमा उल्लेख छ ।

156 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ