पात्रो

रेडियो

समाचार खोजी

३०.३६ अंकले घट्यो नेप्से

साझा अर्थ संवाददाता २० फागुन २०८१, मङ्गलवार

 

शेयर बजार नेप्से आज बजार ३०.३६ अंकले घटेको हो । १.०५ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २८४६.३० अंकमा उक्लिएको छ । 
आज ३१८ कम्पनीका २ करोड ६३ लाख ८९ हजार ९ सय १० कित्ता शेयर किनबेच हुँदा १२ अर्ब ९४ करोड ६४ लाख ९३ हजार ९ सय ३९।१८ रुपियाँ बराबरको कारोबार भएको छ । 

गार्डियन माइक्रो लाइफका लगानीकर्ताहरुले सबैभन्दा बढी १० प्रतिशतले नाफा कमाएका छन् । शेयर कारोबार भएदेखि नै उक्त कम्पनीको मूल्यमा लगातार सर्किट लाग्दै आएको छ । हालसम्म बढिरहेको कम्पनीको शेयर मूल्य प्रतिकित्ता रु। १३८२ पुगेको छ । 

त्यस्तै सिन्धु विकास बैंकका लगानीकर्ताले सबैभन्दा बढी १० प्रतिशत र सिर्जनशील लघुवित्तका लगानीकर्ताहरुले ९ प्रतिशत घाटा व्यहोरेका छन् । 
 

  

206 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ