स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई पियोर इनर्जी लिमिटेडले आज देखि आईपीओ बिक्री खुला गरेको छ।
कम्पनीले बाँके जिल्लाका स्थानीयलाई १ लाख ६० हजार कित्ता र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई १ लाख ४४ हजार कित्ता शेयर निष्काशन गरेको हो ।
निष्काशनमा स्थानीयले न्युनतम १० कित्ता र अधिकतम १६ हजार कित्ताको लागि आवेदन दिन सक्ने छन् । स्थानीयले छिटोमा चैत्र गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा चैत्र २० गतेसम्म आवेदन दिन सक्ने छन् ।
त्यस्तै कम्पनीले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई न्युनतम १० कित्ता र अधिकतम ७२ सय कित्ताको लागि आवेदन दिन सकिने छ। यस निष्काशनमा चैत्र ५ गतेसम्म आवेदन दिन सकिने छ ।
पियोर इनर्जी गोल्यान ग्रुप अन्तर्गतको सोलार कम्पनी हो । कम्पनीले बाँकेमा १० मेगावाटको दुई वटा सोलार आयोजना संचालन गरिरहेको छ। दुवै आयोजनाले २०८० सालदेखि नै ब्यापारिक उत्पादन गरिरहेका छन् । २० मेगावाट क्षमता सहित पियोर इनर्जी हालसम्म सबैभन्दा धेरै सौर्य उर्जा उत्पादन गर्ने कम्पनी हो ।
साझा अर्थ संवाददाता