पात्रो

रेडियो

समाचार खोजी

चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक (पूर्ण पाठसहित)

पुँजी कोषको सीमा बढाउनेदेखि र कर्जा नोक्सानी व्यवस्थाको सीमालाई घटाउनेसम्मका व्यवस्था

साझा अर्थ संवाददाता १३ फागुन २०८१, मङ्गलवार

काठमाडौँ । पुँजी कोषको सीमा बढाउँदै र कर्जा नोक्सानी व्यवस्थाको सीमालाई घटाउनेदेखि विभिन्न प्रावधानसहित चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक भएको छ ।
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा मङ्गलबार साँझ सार्वजनिक गरेको हो ।
आगामी चैतमा पाँच वर्षे कार्यकाल पुरा गर्न लागेका नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीको यही नै अन्तिम समीक्षा हो ।
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत सजगतापूर्वक लचिलो कार्यदिशालाई निरन्तरता दिंदै आर्थिक क्रियाकलाप विस्तारमा थप सहयोग पु¥याउने उद्देश्य लिइएको छ ।
घटाइयो कर्जा नोक्सानी व्यवस्थाको सीमा
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामामार्फत कर्जा नोक्सानी व्यवस्थाको सीमालाई घटाइएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै १.१० प्रतिशतको कर्जा नोक्सानी व्यवस्थालाई १.० प्रतिशत कायम गरेको छ । 
असल कर्जाको विद्यमान १.१० प्रतिशतको कर्जा नोक्सानी व्यवस्थालाई १.० प्रतिशत कायम गरिने मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा उल्लेख छ ।
प्राथमिक पुँजी कोषको सीमा २० प्रतिशत
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामामार्फत राष्ट्र बैंकले पुँजी कोषको सीमा बढाएको छ । नन्डेलिभरेबल फरवार्डको हकमा प्राथमिक पुँजीको विद्यमान १५ प्रतिशतको सीमालाई बृद्धि गरी २० प्रतिशत कायम गरिने अर्धवार्षिक समीक्षामा उल्लेख छ ।
यस्तै मौद्रिक नीतिको विद्यमान नीतिगत दरलाई ५.० प्रतिशत, ब्याजदर करिडोर अन्तगरतको तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दरलाई ३.० प्रतिशत र ब्याजदर करिडोर अन्तगरतको माथिल्लो सीमाको रुपमा रहेको बैंक दरलाई ६.५ प्रतिशतमा यथावत राखिएको छ । अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपातलाई यथावत राखिएको छ ।
ईभीको लोन टू भ्यालू रेसियो ६० प्रतिशत
चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत राष्ट्र बैंकले विद्युतीय सवारी साधनको ऋण मूल्य अनुपात ६० प्रतिशत कायम गरेको छ । राष्ट्र बैंकले  सबै प्रकारका विद्युतीय सवारी साधनको ऋण मूल्य अनुपात (लोन टू भ्यालू रेसियो) ६० प्रतिशत कायम गर्ने भएको हो ।
व्यक्तिगत सवारी साधन र सबै प्रकारका विद्युतीय सवारी साधनको ऋण मूल्य अनुपातको सीमालाई ६० प्रतिशत कायम गरिने राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा उल्लेख छ ।
लघुवित्तमा पनि कर्जाको ब्याजदर परिवर्तन हुने
अब लघुवित्त वित्तीय संस्थाहरुमा पनि कर्जाको ब्याजदर परिवर्तन हुने भएको छ । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत हालको व्यवस्था अनुसार लघुवित्त वित्तीय संस्थाले ग्राहकबाट कर्जामा १५ प्रतिशत ब्याज दर असुल गर्नुपर्ने व्यवस्था रहेकोमा त्यसलाई परिमार्जन गर्दै आधार दरसँग आबद्ध गरी ब्याजदर तय गर्न सक्ने व्यवस्था गरिको छ ।
राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाले कर्जा लिने व्याज दर परिवर्तन गरेको हो । नयाँ कर्जाको ब्याज दर २०८२ को जेठ देखि लागू हुनेछ ।
लघुवित्त वित्तीय संस्थाहरुको कर्जाको ब्याजदर २०८२ जेठदेखि आधार दरसँग आवद्ध गरी तय गर्नुपर्ने व्यवस्था गरिने मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा उल्लेख छ ।

266 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता