पात्रो

रेडियो

समाचार खोजी

नेप्से १२.६८ अंकले बढेर दुई हजार ७४०.५९ विन्दुमा

साझा अर्थ संवाददाता ६ फागुन २०८१, मङ्गलवार

 

मंगलबार नेप्से परिसूचक दोहोरो अंकले उकालो लागेको छ। नेप्से १२.६८ अंकले बढेर दुई हजार ७४०.५९ विन्दुमा पुगेको छ। आज सेन्सेटिभ इन्डेक्स पनि ०.०३ प्रतिशतले वृद्धि भएको छ।

आज ३१४ कम्पनीका एक करोड ८२ लाख ३० हजार कित्ता सेयर खरिद–बिक्री हुँदा १० अर्ब ४३ करोड ७० लाख रुपैयाँबराबरको कारोबार भएको छ। यसअघि सोमबार नाै अर्ब ८९ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको थियो।

नेप्सेका १३ समूहमध्ये अन्य समूहको सूचक ३.६८ प्रतिशतले वृद्धि हुँदा लगानी र जीवन बिमा एक प्रतिशतभन्दा धेरैले बढेका छन्। बैंक, जलविद्युत, निर्जीवन बिमा र व्यापार एक प्रतिशतभन्दा थोरैले बढ्दा बाँकी समूहको सूचकमा गिरावट आएको छ। विकास बैंक, वित्त र होटेल तथा पर्यटन एक प्रतिशतभन्दा धेरैले घट्दा बाँकी समूह एक प्रतिशतभन्दा कमले ओरालो लागेका हुन्।

बजार बढ्दा विन नेपाल लघुवित्त, गुराँस लघुवित्त र इमर्जिङ नेपालको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै, गुराँस माइक्रोलाइफ इन्स्योरन्स र पिपल्स हाइड्रोपावर कम्पनीका लगानीकर्ताले नाै प्रतिशतभन्दा धेरै कमाएका छन्।

सप्तकोशी विकास बैंक र केबिएल डिबेन्चर २०८६ का लगानीकर्ताले भने १० प्रतिशतले गुमाएका छन्।

211 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्

सम्बन्धित समाचारहरु