पात्रो

रेडियो

समाचार खोजी

बीमा प्राधिकरण अध्यक्षका लागि पाँच जनाको नाम सार्वजनिक

प्रस्तुतिकरण र अन्तरवार्ताका लागि फागुन १० गते २ बजे अर्थमन्त्रालय

साझा अर्थ संवाददाता ६ फागुन २०८१, मङ्गलवार

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि पाँच जना छानिएका छन् । अर्थ मन्त्रालयले प्राधिकरणको अध्यक्ष पदका लागि पाँच जनाको नाम छोटो सूची प्रकाशन गरेको हो ।
अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले आवेदन दिएका १२ जनामध्ये पाँच जनाको नाम प्रकाशन गरेको हो । समितिका अनुसार कमल प्रसाद रेग्मी, चिरञ्जीवी चापागाईं, दामोदर बसौला, रामशरण पुडासैनी र शरद ओझालाई अन्तर्वार्तामा बोलाएको छ ।
सर्टलिष्टमा परेका पाँचै जनालाई व्यावसायिक कार्ययोजनाको प्रस्तुतिकरण र अन्तरवार्ताका लागि फागुन १० गते २ बजे अर्थमन्त्रालयमा बोलाइएको छ ।
छोटो सूचीमा परेका रेग्मी प्राधिकरणमा निर्देशक पदमा कार्यरत हुनुहुन्छ भने चापागाईं साविक बीमा समितिका पूर्वअध्यक्ष हुनुहुन्छ ।
बसौला स्वास्थ्य बीमा बोर्डका पूर्वकार्यकारी निर्देशक हुनुहुन्छ भने रामशरण पुडासैनी नेपाल सरकारका पूर्वसचिव हुनुहुन्छ । पुडासैनी कृषि विकास बैंकको अध्यक्ष समेत हुनुहुन्छ । ओझा अध्यापक हुनुहुन्छ ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा शिवराज अधिकारी संयोजक रहेको सिफारिस समितिले पुस २६ गते १५ दिनको समय तोकेर विज्ञापन खुलाएकामा १२ जनाले आवेदन दिएका थिए ।
यसअघि प्राधिकरणको अध्यक्षको जिम्मेवारीमा रहेका सूर्यप्रसाद सिलवाल नागरिकता किर्ते मुद्दा दायर भएपछि मङ्सिर अन्तिम साता निलम्बनमा परेपछि अध्यक्ष पद रिक्त रहेको थियो । यद्यपी सिलवालको कार्यकाल माघ १९ मा सकिंदै थियो ।

89 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता