पात्रो

रेडियो

समाचार खोजी

ट्रस्ट माइक्रो इन्स्योरेन्सले २२ लाख ५० हजार कित्ता सेयर जारी गर्ने

साझा अर्थ संवाददाता ६ फागुन २०८१, मङ्गलवार

 

 

ट्रस्ट माइक्रो इन्स्योरेन्स लिमिटेडले जारी पुँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँबराबरको आइपीओ जारी गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० अंकित दरका कुल २२ लाख ५० हजार कित्ता सेयर जारी गर्न लागेको हो ।

सोहीसम्बन्धी कार्य गर्न कम्पनीले एनआइएमबि एस क्यापिटललाई धितोपत्र निष्कासक तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । यससम्बन्धी सम्झौतामा दुवै पक्षबिच हस्ताक्षरसमेत भएको छ । सम्झौतापत्रमा निष्कासन कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत उज्ज्वल ढुंगाना र निष्कासन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका हुन् । 

०८० सालको कात्तिकमा स्थापना भएको इन्स्योरेन्सले लघु निर्जीवन बिमासम्बन्धी कारोबार सञ्चालन गर्दै आइरहेको छ । न्यून आय भएका एवं पिछडिएका क्षेत्रका बासिन्दा र सीमान्तकृत समुदायका व्यक्तिलाई लघु बिमा सेवा पुर्‍याउने यसको उद्देश्य रहेको छ । 

161 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ