आज शेयर बजार २९.८७ अंकले बढेर नेप्से परिसुचक २७२७.९१ अंकमा उक्लिएको छ । आज ३०२ कम्पनीका १ करोड ८० लाख ८१ हजार १ सय ६८ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ४ करोड ९६ लाख ५४ हजार ८ सय ३२.६४ रुपैयाँको कारोबार भएको छ । सोमबार वीन नेपाल लघुवित्त, गुराँस लघुवित्त, कुथेली बुखरी हाइड्रो, एक्सेल डेभलमपेन्ट बैंक, गार्डियन माइक्रो लाइफ र दिव्यश्वरी हाइड्रोका लगानीकर्ताहरुले १०÷१० प्रतिशतले नाफा कमाएका छन् । त्यस्तै ग्लोबल आईएमई ब्यालेन्स्ड फण्ड १ र भूगोल इनर्जीका लगानीकर्ताहरुले क्रमशः ९.४९ र ९.४५ प्रतिशतले घाटा कमाएका छन् ।
त्यस्तै सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा बढी १० प्रतिशतले घाटा व्यहोरेका छन् ।
साझा अर्थ संवाददाता