पात्रो

रेडियो

समाचार खोजी

बलेफी हाइड्रोपावरको  १७ लाख ९८ हजार कित्ता सेयर लिलामीमा

साझा अर्थ संवाददाता ५ फागुन २०८१, सोमवार

 

बलेफी हाइड्रोपावर लिमिटेडले आज फागुन ५ गतेदेखि हकप्रदमा अवितरित  १७ लाख ९८ हजार ६ सय ५६ कित्ता शेयर लिलाममा ल्याएको छ ।

जस मध्ये ६ लाख ७६ हजार १ सय ९१ कित्ता संस्थापक शेयर हो भने ५ लाख ८ हजार ८ सय ९२ कित्ता सर्वसाधारण समुहको शेयर रहेको छ। यसको लकइन अवधि २०८१ चैत्र २९ गतेसम्म रहेको छ। त्यस्तै लकइनमा नरहेको सर्वसाधारण समूहको ६ लाख १३ हजार ५ सय ७३ कित्ता शेयर पनि लिलाम हुने छ।

 एनआईएमबि एस क्यापिटल बिक्रि प्रबन्धक रहेको  शेयरको न्युनतम मूल्य १०० रुपैयाँ कायम गरेकोले सो भन्दा बढी मूल्य कबुल गरि आवेदन दिनु पर्ने छ ।  

 

काठमाडौँ भित्र एनआईएमबि एस क्यापिटलको कार्यालयलाजिम्पाटबाट शिलबन्दी फारम लिएर त्यहि आवेदन दिन सकिने छ । त्यस्तै एनआईएमबि बैंकको विराटनगर, बिरगंज, पोखरा, र बुटवल शाखाबाट आवेदन दिन सकिने छ ।

 

189 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ