पात्रो

रेडियो

समाचार खोजी

लिपिङ खोला जलविद्युतको सुरुङ ब्रेक थ्रु

साझा अर्थ संवाददाता ४ फागुन २०८१, आइतवार

काठमाडौंः  सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका वडा नम्बर दुईको लिपिङखोलामा निर्माणाधीन लिपिङ खोला जलविद्युत आयोजनाको मुख्य सुरुङ ब्रेक थ्रु सम्पन भएको छ । हालै मुख्य सुरुङको ब्रक थ्रु भएको हो । 
 एक हजार दुई सय ६७ मिटर लामो मुख्य सुरुङको ब्रेक थ्रु भएसँगै आयेजनाको काम पनि अन्तिम चरणमा पुगेको छ । यो आयोजना हिम रिभर पावर कम्पनीले प्रवद्र्धन गरेको १६.२६ मेगावाटको हो । निमार्णाधीन लिपिङ खोला जलविद्युत आयोजनाको मुख्य सुरुङ छो–रोल्पा कन्स्ट्रक्सन निर्माण कम्पनीले ब्रेक थ्रु गरेको हो । हेडवक्सतिरबाट र आउटलेटतिरबाट सुरु गरेको सुरुङ जोडिएसँगै अब सुरुङको लाइनिङको काम सुरु हुने आयोजनाले जनाएको छ । 
आयोजनाको हेडवक्स क्षेत्रको इन्टेक, बाँध, डिस्याण्डरलगायतका सिभिल संरचनाको काम पूरा भएको छ । त्यसैगरी विद्युत गृहको काम पनि पूरा गरी मेसिन जडानको काम जारी छ । आयोजनाको लागत ३ अर्ब ४० करोड रहेको छ । एक हजार दुई सय ६७ मिटर सुरुङ र एक हजार दुई सय मिटर पेनस्टक पाइपमार्फत लिपिङ खोलाको पानी उत्पादन गृहमा खसाली विद्युत उत्पादन गरिने छ । आयोजनाको हेड सात सय ९२ मिटर रहेको छ ।

259 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्

सम्बन्धित समाचारहरु