काठमाडौ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषिमा भएको लगानीको प्रतिफल आउनु पर्ने वताउनुभएको छ । मन्त्रालयमा आयोजित मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री अधिकारीले लगानीको प्रतिफल विना उपलब्धी नदेखिने भएकाले यसलाई आधार मानेर कार्य गर्न सम्वन्धीत निकायलाई निर्देशन दिनुभयो ।
हामीसँग विज्ञहरुको खाँचो छैन, लामो समय कृषि क्षेत्रमा कार्य गरेका दक्ष जनशक्ति मन्त्रालय सँग छ, तथापी नतिजा आउन सकिरहेको छैन, चार्टले प्रगति देखाउन सकिरहेको छैन, मन्त्री अधिकारीले भन्नुभयो । उहाँले कृषि कर्ममा लागेका हरुलाई हामीले के दियौं यहि सोचेर कार्य गर्न जरुरी छ, भन्नुभयो । कानुनी अबरोध हटाउदै नतिजामुखी कार्य गर्न आफुले सहजीकरण गर्ने भन्दै मन्त्री अधिकारीले अझै बढि क्रियाशिलताले मात्र कृषि क्षेत्रमा लिएका लक्ष्य पुरा हुने भएकाले यस तर्फ लाग्न कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।
साझा अर्थ संवाददाता