काठमाडौँ । फागुन महिनामा अधिकांश वाणिज्य बैङ्कको ब्याजदर स्थिर रहेको छ । माघको तुलनामा फागुन महिनामा वाणिज्य बैङ्कको ब्याजदर औषतमा स्थिर रहेको छ ।
झन्डै डेढ वर्षदेखि वाणिज्य बैङ्कहरुले लगातार ब्याजदर घटाउँदै आएका छन् । ब्याजदर घटाएपनि कर्जा प्रवाहमा भने बढोत्तरी आउन सकेको छैन ।
फागुनमा दुई बैङ्कले ब्याजदर तलमाथि गरेका छन् भने १८ वटाको स्थिर रहेको छ । सञ्चालनमा रहेका २० वाणिज्य बैङ्कको औषत ब्याजदर फागुनमा छ प्रतिशत रहेको छ ।
फागुन १ गतेबाट लागू हुने ब्याजदरमा ग्लोबल आइएमई बैङ्कले नाफा बढाएको छ भने लक्ष्मी सनराइज बैङ्कले घटाएको छ । माघको तुलनामा फागुनमा ग्लोबलको ब्याजदर ०.२५ प्रतिशत बिन्दुुले बढेर छ प्रतिशत पुगेको छ । माघमा ५.७५ प्रतिशत रहेको थियो ।
यस्तै लक्ष्मी सनराइज बैङ्कले फागुनका लागि ब्याजदर ०.२५ प्रतिशत बिन्दुले घटाएको छ । माघमा ५.७५ प्रतिशत ब्याजदर रहेको थियो । अहिले घटेर ५.५० प्रतिशत रहेको छ ।
बैङ्किङ प्रणालीमा अधिक तरलता भएपछि ब्याजदर न्यून विन्दुमा आएको छ । यता कर्जा प्रवाह हुन सकेको छैन । ब्याजदर घट्दा कर्जा लिनेहरुलाई भने निकै ठूलो राहत हुन्छ भने बचतकर्तालाई मर्का परेको छ । ब्याजदर घट्दा लगानीको वातावरण बनाउन भने सहयोग पुग्ने देखिन्छ ।
साझा अर्थ संवाददाता