पात्रो

रेडियो

समाचार खोजी

ट्रेकिङ बीमा सुविधा उपलब्ध गराउने गरी सम्झौता

न्यनतम १५ लाख रुपियाँ बरावरको दुर्घटना बीमा

साझा अर्थ संवाददाता २९ माघ २०८१, मङ्गलवार

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी र नेपाल पर्वतारोहण संघबीच ट्रेकिङ बीमा सुविधा उपलब्ध गराउने गरी सम्झौता भएको छ ।
पर्वतारोहण संघका आफ्ना स्रोत सदस्य पदयात्रा एजेन्सीहरु मार्फत पर्वतारोहण लागि जाने सहयोगी पथप्रदर्शक, सरदार, वरिष्ठ सहयोगी, तथा अन्य सहायकहरुका लागि न्यूनतम मुल्यमा ट्रेकिङ बीमा सुविधा उपलब्ध गराउने गरी सम्झौता भएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट जारी पर्यटन नियमाबली अनुसार पर्वतारोहण दलका सहयोगी सदस्यहरुको लागि न्यनतम १५ लाख रुपियाँ बरावरको दुर्घटना बीमा, चार लाख रुपियाँ बराबरको स्वास्थ उपचार बीमा तथा अमेरिकी डलर १० हजार रुपियाँ बराबरको खोजतलास तथा हेलिकोप्टर उद्दार बीमा गरिनुपर्ने व्यवस्था अनुरुप पर्वतारोहण संघद्वारा सूचीबद्ध २७ चुचूराहरुको लागि विशेष बीमा योजना ल्याएको हो ।
साविकमा पदयात्रा एजेन्सीहरुले महङ्गो शल्कमा बीमालेख खरिद गर्नु परेको अवस्थालाई मध्यनजर गर्दै सहुलियत दरमा यो बीमा योजना ल्याएको हो । सम्झौतापत्रमा संघका अध्यक्ष निमानुरु शेर्पा र सलिकोका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले हस्ताक्षर गर्नुभयो ।
सम्झौता पर्यटन क्षेत्रका व्यक्तित्वहरुका बीच कम्पनीका नायब कार्यकारी अधिकृत बरिष्मा साउद आचार्य र संघका अध्यक्ष निमानुरु शेर्पाले सार्वजनिक गर्नुभयो । यो सिजनका लागि ट्रेकिङ बीमा योजना मार्च ०१, २०२५ देखि लागु हुने बताइएको छ ।

193 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता