पात्रो

रेडियो

समाचार खोजी

बङ्गलादेशमा तेह्र वर्षयताकै उच्च मुल्यवृद्धि

साझा अर्थ संवाददाता २९ साउन २०८१, मङ्गलवार

(रासस / सिन्ह्वा):बङ्गलादेशको मुद्रास्फीति दर जुलाईमा ११.६६ प्रतिशत पुगेको छ । यो बङ्गलादेशमा १३ वर्ष यताकै सबैभन्दा बढी बृद्धि दर रहेको बङ्लादेशको तथ्याङ्क विभाग (बीबीएस) ले सोमबार जनाएको छ।     
मुख्यतया खाद्यान्नको मूल्य बृद्धिका कारण मुल्यवृद्धिदर अस्वभाविक रुपमा बढेको विभागको तथ्याङ्कले जनाएको छ ।     
गत जुन महिनामा मुल्यवृद्धि दर ९.७२ प्रतिशत रहेको बीबीएसको तथ्याङ्कले देखाएको छ ।     
बीबीएसका अनुसार खाद्य मुल्यवृद्धि जुलाईमा १४.१० प्रतिशतले बढेको छ, जुन एक दशकको अवधिमा सबैभन्दा बढी हो ।     
यसै गरी जुन महिनामा पनि खाद्य मुल्यवृद्धि दर १०.४२ प्रतिशत थियो ।     
गैर-खाद्य पदार्थको मुल्यवृद्धिदर पनि जुनमा ९.१५ प्रतिशतबाट बढेर जुलाईमा ९.६८ प्रतिशत पुगेको तथ्याङ्कले देखाएको छ ।     
आर्थिक वर्ष २०२३-२४ मा देशको औसत मुल्यवृद्धिदर बढेर ९.७३ प्रतिशत पुगेको छ जुन आर्थिक वर्षका लागि तय भएको बजेटको लक्ष्य भन्दा धेरै हो ।     
तथ्याङ्क अनुसार अघिल्लो आर्थिक वर्ष २०२२-२३ मा बङ्गलादेशको मुल्यवृद्धिदर ९.०२ प्रतिशत रहेको थियो ।

218 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ