काठमाडौं । साताको चौथो कारोबार दिन ‘बुधबार’ नेपाल स्टक एक्सचेन्ज ९नेप्से० ४.४५ अंकले घट्दै २७ सय ११ को विन्दुमा पुगेर बन्द भएको छ । आज कुल ३ सय ९ कम्पनीका १ करोड ९१ लाख ८१ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ८ अर्ब ९५ करोड ८० लाख रुपैयाँ पुगेको छ । आज कारोबारमा आएकामध्ये १ सय २२ कम्पनीको सेयरमूल्य घट्दा १ सय १३ कम्पनीको सेयरमुल्यमा वृद्धि देखिन्छ । आज ५ समुहको परिसुचक उकालो लाग्दा ८ समुहको परिसुचकमा गिरावट देखिएको छ ।
४ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । फाइनान्स समूहमा सबैभन्दा बढी तेजी आएको छ । ३३ करोड ७६ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नेपाल पुनर्बिमा कम्पनी अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमश? हिमालयन पावर पाटर्नर र सिनर्जी पावर परेका छन् ।
साझा अर्थ संवाददाता