काठमाडौं । साताको तेस्रो कारोबार दिन ‘मंगलबार’ नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसुचक दोहोरो अंकले घटेको छ भने कारोबार रकममा पनि कमी आएको छ । मंगलबार नेप्से १४.०८ अंकले घट्दै २७ सय १५.९१ को विन्दुमा रोएिको छ । सोमबार कारोबार रकम ११ अर्बभन्दा बढी रहेको थियो । आज कारोबार अवधिभर कुल ३ सय १५ कम्पनीका १ करोड ६९ लाख १७ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ८ अर्ब ९१ करोड ९६ लाख रुपैयाँमा सीमित भएको छ ।
आज कारोबारमा आएकामध्ये १ सय ६२ कम्पनीको सेयरमूल्य ओरालो लाग्दा ७१ कम्पनीको सेयरमुल्यमा वृद्धि देखिएको छ । आज कारोबारमा आएकामध्ये जलविद्युत र अतिरिक्त बाहेकका सबै समुहको परिसुचक ओरालो लागेका छन् । आज सेयरबजार दोहोरो अंकले घट्दा ४ कम्पनीको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।
साझा अर्थ संवाददाता