पात्रो

रेडियो

समाचार खोजी

नेपाल माइक्रो इन्स्योरेन्सको पहिलो चरणको आइपीओ भर्ने आज अन्तिम दिन

साझा अर्थ संवाददाता २२ माघ २०८१, मङ्गलवार

बैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि छुट्टयाइएको नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको पहिलो चरणको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले पहिलो चरणमा माघ ८ देखि श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई आईपीओ निष्काशन गरेको थियो ।  

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई २ लाख २५ हजार कित्ता शेयर निष्काशन गरेको हो ।  आवेदन दिंदा न्युनतम १० कित्ता अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्ने छन् । शेयर निष्काशनको लागि एनआईएमबि एस् क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

नेपाल धितोपत्र बोर्डले  कम्पनीलाई कुल २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर निष्काशनको अनुमति प्रदान गरेको छ ।  वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई निष्काशन गरिएको आईपीओ बाँडफाँड भएपछि कम्पनीले आम सर्बसाधारणलाई आईपीओ निष्काशन गर्ने छ ।

 

 

195 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सम्बन्धित समाचारहरु