पात्रो

रेडियो

समाचार खोजी

सानिमा फ्लेक्सी फण्ड’ को सार्वजनिक निष्कासन फागुन ६ गतेदेखि

साझा अर्थ संवाददाता २१ माघ २०८१, सोमवार

काठमाण्डौ । सानिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने ‘सानिमा फ्लेक्सी फण्ड’ को सार्वजनिक निष्कासन फागुन ६ गतेदेखि हुने भएको छ ।
सानिमा बैंक कोष प्रवद्धक र सानिमा क्यापिटल योजना व्यवस्थापक रहेको यो योजना’को १० करोड  इकाइको बिक्री आवेदन खुला गर्न लागिएको हो ।    
प्रति इकाइ मुल्य रु.१० दरको १० करोड इकाइमध्ये बीज पूँजी वापत २ प्रतिशत अर्थात २० लाख इकाई योजना व्यवस्थापक सानिमा क्यापिल,१३ प्रतिशत अर्थात १ करोड ३० लाख  इकाइ कोष प्रवद्धक सानिमा बैंकका लागि गरी कुल निष्कासन गरिने इकाइको जम्मा १५ प्रतिशत सुरक्षित राखि बाँकी न्यूनतम ८ करोड ५० लाख इकाइ सर्वासाधारणका लागि बिक्री खुला गर्न लागिएको हो ।  

लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतममा ४० लाख इकाइका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र दरखास्त संकलनको लागि अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु९आस्वा सदस्य० का आस्वा सेवा प्रदान गर्ने सम्पूर्ण कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।  

यो योजनाको इकाई बिक्री बन्द छिटोमा फागुन ११ गते र ढिलोमा फागुन २० गते बैंकिङ समयपछि हुनेछ ।

200 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ