पात्रो

रेडियो

समाचार खोजी

४५६० जनालाई आईसिएफसी फाइनान्सको ऋणपत्र

साझा अर्थ संवाददाता २० माघ २०८१, आइतवार

काठमाडौं । आई.सि.एफ.सि फाइनान्स लिमिटेडको ७ बर्ष अवधि भएको तथा बार्षिक ९ प्रतिशत ब्याजदरको “९% आई.सि.एफ.सि फाइनान्स लिमिटेड डिबेञ्चर २०८८”  नामक ऋणपत्र बाँडफाँट भएको छ ।

बिक्री प्रबन्धक कुमारी क्यापिटलका अनुसार  प्रति इकाई रु. १,०००/– अंकित दरको रु. ३०,००,००,०००/– बराबरको ३,००,००० कित्ता, जसमध्ये रु. १८,००,००,०००/– रकम बराबरको १,८०,००० कित्ता ऋणपत्र परिपत्र विधिबाट र रु. १२,००,००,०००/– बराबरको १,२०,००० कित्ता ऋणपत्र सर्वसाधारणका लागि सार्वजनिक प्रक्रियाबाट निष्काशन तथा बिक्री खुल्ला गरिएकोमा निष्काशन अवधिमा प्राप्त आवेदन उपर नीतिगत छलफल गरी विभिन्न ब्यक्तिहरुको उपस्थितिमा आज बाँडफाँड गरिएको हो । 

धितोपत्र बोर्डबाट स्विकृत विवरणपत्र अनुसार आइ.सि.एफ.सि.फाइनान्स लिमिटेडकोे परिपत्र बिधि मार्फत रु. १,०००/– अंकित दरको १,८०,००० कित्ता ऋणपत्र निष्काशन गरिएकोमा प्राप्त आवेदकहरुबाट ३,००,००० कित्ता ऋणपत्रको लागि आवेदन प्राप्त भएको थियो । 

माग गरेको कित्तामा समानुपातिक रुपमा १,८०,००० कित्ता ऋणपत्र बाँडफाँड गरियो र सर्वसाधारण तर्फ रु.१,०००/– अंकित दरको १,२०,००० कित्ता मध्ये सामूहिक लगानी कोषको लागि छुट्याइएको ६,००० कित्ता बाँडफाँड गरी बाँकी रहेको १,१४,००० कित्ता ऋणपत्र माघ ९ गते देखि१३ गते सम्म बिक्री खुल्ला गर्दा सर्वसाधारणहरुबाट जम्मा ७,२४७ जना आवेदकहरुबाट ६,३१,३५७ कित्ता ऋणपत्रको लागि आवेदन पर्न आएकोमा स्वीकृत विवरणपत्रमा भएको व्यवस्था अनुसार गोला प्रथा बिधिद्धारा ४,५६० जना आवेदकहरुलाई १,१४,००० कित्ता ऋणपत्र बाँडफाँड गरियो । 

108 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ