पात्रो

रेडियो

समाचार खोजी

नेको इन्स्योरेन्सको २५ प्रतिशत हकप्रद ८ फागुनदेखि

साझा अर्थ संवाददाता २० माघ २०८१, आइतवार

नेको इन्स्योरेन्स लिमिटेडले फागुन ८ गतेदेखि   हाल कायम चुक्ता पुँजीको २५ प्रतिशतले हुन आउने हकप्रद निष्काशन गर्ने भएको छ।

कम्पनीले ५० करोड ३० लाख ९० हजार १ सय ५५ रुपैयाँको ५० लाख ३० हजार ९ सय १ दशमलव ५५ कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ। यस निष्काशनमा लगानीकर्ताले फागुन २८ गतेसम्म आवेदन दिन सक्ने छन् ।

कम्पनीले हकप्रद निष्काशनको लागि माघ १८ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेकोले माघ १७ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन सक्ने छन् ।
  हकप्रद शेयर निष्काशनको लागि सानिमा क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

170 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ