पात्रो

रेडियो

समाचार खोजी

एनएलजी इन्स्योरेन्सको सवा तीन लाख कित्ता शेयर लिलाममा

साझा अर्थ संवाददाता २० माघ २०८१, आइतवार

 


एनएलजी इन्स्योरेन्स कम्पनीले आज माघ २० गतेदेखि हकप्रदमा अवितरित ३ लाख २० हजार  ५ सय ३३ दशमलव २२ कित्ता शेयर लिलाममा ल्याएको छ ।
 कम्पनीले हकप्रदमा अवितरित सस्न्थापक समूहको २९ हजार ९ सय ७७ दशमलव ३१ कित्ता शेयर र सर्वसाधारण समुहको २ लाख ९० हजार ५ सय ५५ दशमलव ९१ कित्ता शेयर लिलाम बिक्री खुला गरेको हो । 
  लक्ष्मी सनराइज क्यापिटल बिक्रि प्रबन्धक रहेको लिलाम प्रकृयामा न्युनतम मूल्य १०० रुपैयाँ कायम गरेकोले सो भन्दा बढी मूल्य कबुल गरि आवेदन दिनु पर्ने छ। सबै भन्दा बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ ।  

लिलामीको शेयरमा आवेदन दिंदा संस्थापक शेयरको हकमा न्युनतम १ हजार कित्ता र सर्वसाधारण शेयरको हकमा न्युनतम १००  कित्ताको लागि आवेदन दिनु पर्ने छ। अधिकतम भने पुरै शेयरको लागि आवेदन दिन सकिने छ । संस्थापक शेयरको हकमा आवेदन दिनको लागि नेपाल बीमा प्राधिकरणले संस्थापक शेयरधनी हुनको लागि योग्य रहेको कागजात पेश गर्नु पर्ने छ।
 

120 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ