ङादी ग्रुप पावरले निष्काशन गरेको शतप्रतिशत हकप्रद सेयरमा आवेदन दिने म्याद २९ माघसम्म थप गरिएको छ । यसअघि कम्पनीले माघ १४ गतेसम्म आवेदन दिन सकिने गरि हकप्रद सेयर बिक्री खुला गरेको थियो । तोकिएको अवधिमा मागअनुसार आवेदन नपरेकाले आवेदन दिने समय थप गरेको हो ।
ङादी ग्रुप पावरले पुस २३ गतेदेखि १ः१ अनुपातमा १ सय रुपैयाँ अंकित मूल्यमा १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२।५० रुपैयाँ बराबरको १ करोड ८५ लाख १२ हजार ७९२.२२५ कित्ता हकप्रद सेयर जारी गरेको हो ।
हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२।५० रुपैयाँ रहेको छ भने हकप्रद जारी भएपछि चुक्ता पुँजी ३ अर्ब ७० करोड २५ लाख ५८ हजार रुपैयाँ पुग्नेछ ।
कम्पनीले हकप्रद सेयरबाट आउने रकम आयोजनाको मर्मत सम्भारका साथै ऋण तिर्न र नयाँ आयोजना बनाउन प्रयोग गर्नेछ ।
साझा अर्थ संवाददाता