पात्रो

रेडियो

समाचार खोजी

१०.४१ अंकले घट्दै २६४३.९३ अंकमा नेप्से

साझा अर्थ संवाददाता १३ माघ २०८१, आइतवार

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंक १०.४१ अंकले घट्दै २६४३.९३ अंकमा सिमित भएको छ । आइतबार ९ अर्ब १२ करोड ८६ लाख रुपियाँ बराबरको एक करोड ५७ लाख २० हजार कित्ता शेयर दोस्रो बजारमा किनबेच भएको छ । 
आज कारोबार भएका २४३ कम्पनी मध्ये १२१ कम्पनीको शेयर मूल्य घटेको छ भने ११६ कम्पनीको मूल्य बढेको छ । बाँकी ६ वटाको मूल्य भने स्थिर रहेको छ । 
उपकार लघुवित्त वित्तीय संस्था र माथिल्लो मैलुङ खोला जलविद्युत आयोजनाको शेयर मूल्य १० प्रतिशतले बढेको छ भने बोटलर्स नेपाल, एनआईसी एशिया डिभेन्चर, डोटी पावर कम्पनी र जानकी फाइनान्सको शेयर मूल्य समान १० प्रतिशतले घटेको छ । 

 

140 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ