पात्रो

रेडियो

समाचार खोजी

नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रतिवेदन धितोपत्र बोर्डमा पुग्यो

साझा अर्थ संवाददाता १३ माघ २०८१, आइतवार

  नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिन तयार गरिएको अध्ययन प्रतिवेदन  अर्थ मन्त्रालयबाट नेपाल धितोपत्र बोर्डमा पठाइएको छ ।  मन्त्रालयका एक अधिकारीका अनुसार मन्त्रिपरिषद्बाट आएको निर्णय र प्रतिवेदन हुबहु बोर्डमा पठाइएको छ ।  ९ माघ ०८० मा मन्त्रिपरिषद्ले नेपाल राष्ट्र बैंकका सञ्चालक चिन्तामणि शिवाकोटीको संयोजकत्वमा नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने वा नदिने विषयमा अध्ययन गर्न समिति गठन गरेको थियो । समितिले प्रारम्भिक चरणमा कसिला मापदण्ड राखेर लाइसेन्स दिनुपर्ने सुझाव दिए पनि अन्तिम चरणको प्रतिवेदनमा ती कसिला मापदण्ड हटाएर प्रधानमन्त्री कार्यालयलाई बुझाइएको थियो । गत वैशाखमै बुझाइएको यो प्रतिवेदन लामो समयदेखि प्रधानमन्त्री कार्यालयमा रोकेर राखिएको थियो ।  
 गत १० मंसिरमा सन्तोषनारायण श्रेष्ठलाई बोर्ड अध्यक्ष नियुक्त गरेको करिब एक महिनामै मन्त्रिपरिषद्ले नौ महिना रोकेर राखेको शिवाकोटीको अध्ययन प्रतिवेदन अर्थ मन्त्रालयमा पठाउने निर्णय गरेको थियो । अर्थ मन्त्रालयले बोर्ड प्रतिवेदन पठाएपछि अब नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने प्रक्रियाले निरन्तरता पाउने सम्भावना बढेर गएको छ । 

119 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ