पात्रो

रेडियो

समाचार खोजी

सिङ्गापुरले सन् २०२० पछि पहिलो पटक मौद्रिक नीतिलाई खुकुलो पार्दै

साझा अर्थ संवाददाता ११ माघ २०८१, शुक्रवार

सिङ्गापुर, ११ माघ (रासस/सिन्ह्वा): सिङ्गापुरको मौद्रिक प्राधिकरण (एमएएस) ले शुक्रबार आफ्नो मौद्रिक नीतिमा केही खुकुलो पार्ने घोषणा गरेको छ । 

सन् २०२० पछि पहिलो पटक खुकुलो नीति पार्नेे कदम चालेको छ । नीतिलाई दुई वर्षमा पहिलो पटक समायोजन गरिएको प्राधिकरणले जनाएको छ ।  

सिंगापुरको आर्थिक वृद्धिको गति सुस्त भएको र यस वर्ष कोर मुद्रास्फीतिमा अपेक्षा गरिएभन्दा तीव्र गतिले कमी आएको अवस्थामा यो निर्णय आएको हो ।

एमएएसले आवास र निजी यातायातको लागतबाहेकका मुद्रास्फीतिको प्रवृत्तिको पूर्वानुमान गर्छ र यो सन् २०२५ मा औसत १.० प्रतिशत देखि २.० प्रतिशतसम्म पुग्ने अनुमान गरेको छ भने उपभोक्ता मूल्य सूचकाङ्क (सीपीआई) का सबै वस्तुहरूको मुद्रास्फीति औसत १.५ प्रतिशत देखि २.५ प्रतिशत हुने अनुमान गरिएको छ।

265 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सम्बन्धित समाचारहरु