पात्रो

रेडियो

समाचार खोजी

दोहोरो अंकले घटेर बन्द भयो बजार

साझा अर्थ संवाददाता १० माघ २०८१, बिहिवार

 

काठमाडौं । साताको अन्तिम कारोबार दिन ‘बिहीबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंक  ११.१० अंकले घट्दै २६ सय ५४ को विन्दुमा झरेर रोकिएको छ ।

आज कारोबार अवधिभर कुल ३ सय १८ कम्पनीका १ करोड ५१ लाख ४ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ७ अर्ब ८५ करोड ७७ लाख ९२ हजार ३ सय २६ रुपैयाँ पुगेको छ ।
 

आज कारोबारमा आएकामध्ये १ सय ५० कम्पनीको सेयरमूल्य ओरालो लाग्दा ८५ कम्पनीको सेयरमुल्य भने बढेको छ । आज विकास बैंक र उत्पादनमुलकबाहेकका सबै समुहको परिसुचक ओरालो लागेका छन् ।

 

कारोबारमा तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सामुुदायिक लघुवित्त, कर्पोरेट डेभलपमेन्ट बैंक, सिक्लेस हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । यस्तै सुपरमादी हाइड्रोपावर र मन्दाकिनी हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

170 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ