ओम मेगाश्री फर्मासुटिकल्स लिमिटेडले माघ २१ गतेदेखि पहिलो चरणको आईपीओ श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन गर्न लागेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीलाई १ लाख ८० हजार कित्ता शेयर निष्काशन गर्न लागेको कम्पनीले फागुन ५ गतेसम्म अन्तिम मिति तोकेको छ । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सकिने छ। शेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ।
वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन गरिएको आईपीओ बाँडफाँड भएपछि कम्पनीले आम सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने छ।
यो ओम मेगाश्री औषधि उत्पादन गर्ने कम्पनी हो ।
साझा अर्थ संवाददाता