मंगलबार शेयर बजार परिसूचक नेप्से ५.०८ अंकले बढेर २६१३.०८ को बिन्दुमा पुगेको छ। आज कारोबार भएका ३११ कम्पनीका १ करोड १६ लाख २६ हजार २० कित्ता शेयर बिक्रीबाट ६ अर्ब १९ करोड १ लाख ४१ हजारको कारोबार भएको छ।
जस मध्ये सीईडीबी होल्डिंगको सर्वाधिक २३ करोड ७६ लाख, सप्तकोशी डेभलपमेन्ट बैंकको २१ करोड ६६ लाख, तथा नेपाल पुनर्बीमा कम्पनीको २० करोड ५३ लाखको कारोबार भएको छ।
आज कारोबारमा आएका मध्ये मन्दाकिनी हाइड्रोको शेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ भने सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर मूल्य ८.०६ प्रतिशत बढेको छ। त्यस्तै न्यादी हाइड्रोको शेयर मूल्य ७.५३ प्रतिशत, सीईडीबी होल्डिंगको शेयर मूल्य ६.९३ प्रतिशत तथा नेपाल पुनर्बीमा कम्पनीको शेयर मूल्य ५.८२ प्रतिशत बढेको छ।
आज कारोबारमा आएका मध्ये रिभर फल्स पावरको शेयर मूल्य सर्वाधिक ८।९६ प्रतिशत घटेको छ भने मानुषी लघुवित्तको शेयर मूल्य ६।७५ प्रतिशत घटेको छ। त्यस्तै नारायणी डेभलपमेन्ट बैंकको शेयर मूल्य ६.२२ प्रतिशत घटेको छ।
साझा अर्थ संवाददाता