पात्रो

रेडियो

समाचार खोजी

घरजग्गा कारोबार १० प्रतिशत बढ्यो

साझा अर्थ संवाददाता ३ माघ २०८१, बिहिवार

चालु आवको पुस महिनामा घरजग्गा कारोबार बढेको छ । भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार चालु आर्थिक वर्ष २०८१÷०८२ को पुस महिनामा देशभर ४७ हजार ४७९ संख्यामा घरजग्गा कारोबार भएको छ । यो अघिल्लो महिनाको तुलनामा करिब १० प्रतिशत बढी हो । मंसिरमा देशभर ४३ हजार ३७९ लिखत पारित भएको थियो । गत वर्ष पुसमा देशभर ४५ हजार २७५ लिखत पारित भएको थियो ।

  पुसमा घरजग्गा कारोबारमार्फत सेवा कर, रजिष्ट्रेसन दस्तुर, पुँजीगत लाभकर लगायतका शीर्षकबाट सरकारले ४ अर्ब ६३ करोड रूपैयाँ राजस्व प्राप्त गरेको छ । यो अघिल्लो महिनाको तुलनामा एक अर्बले बढी हो।

274 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्