काठमाडौः जिल्ला अदालत काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दाको थुनछेक बहसपछि अदालतले उहाँलाई धरौटीमा छोड्न आदेश दिएको हो ।
स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दाको थुनछेक बहसपछि न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले उहाँलाई ६० लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको अदालत स्रोतले जानकारी दिएको छ ।
रास्वपा सभापति लामिछाने लाई पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतले ६५ लाख धरौटी लिएर रिहा गरेको थियो ।
साझा अर्थ संवाददाता