पात्रो

रेडियो

समाचार खोजी

सुनको भाउ प्रतितोला ७०० रुपैयाँ बढ्यो

साझा अर्थ संवाददाता २७ साउन २०८१, आइतवार

साताको पहिलो कारोबार दिन आइतबार छापावाला सुनको भाउ प्रतितोला ७०० रुपैयाँ बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ४८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ४८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आइतबार चाँदी १ हजार ७२० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी १ हजार ७३० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔंस सुन २ हजार ४३१ दशमलव १ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २७ डलर ४६ पैसामा कारोबार भइरहेको छ ।

161 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता