पात्रो

रेडियो

समाचार खोजी

२६ सयको बिन्दुबाट तल झर्यो शेयर बजार

साझा अर्थ संवाददाता २९ पुष २०८१, सोमवार

आज सोमबार पनि शेयरबजार परिसूचक नेप्से १५.५४ अंकले घटेर २५९४.१३ को बिन्दुमा रोकिएको छ । आज कारोबारमा आएका ३२२ कम्पनीका १ करोड ३८ लाख ७० हजार ५ सय ७९ कित्ता शेयर खरिद बिक्रीबाट ६ अर्ब ६५ करोड ८ लाख ८३ हजार १ सय ३ रुपैयाँ ५४ पैसाको कारोबार भएको छ।  

कारोबारमा आएका मध्ये बाराही हाइड्रोको शेयर मूल्य १० प्रतिशत बढेको छ भने सुपर मादी हाइड्रोको शेयर मूल्य ८.८७ प्रतिशत, नारायणी डेभलपमेन्ट बैंकको शेयर मूल्य ८.८१ प्रतिशत र सपोर्ट माइक्रोफाइनान्स ८.४१ प्रतिशत बढेको छ।

तर, आत्मनिर्भर लघुवित्त र सिन्धु विकास बैंकको शेयर मूल्य १० प्रतिशत र  रिभर फल्स पावरको शेयर मूल्य ८.३६ प्रतिशत घटेको छ।

आज कारोबारमा आएका मध्ये सबै समूहगत सूचक घटेका छन्। जस मध्ये ट्रेडिङ समूह सर्वाधिक १.८९ प्रतिशत, होटेल समूह १.३६ प्रतिशत तथा फाइनान्स समूह १.३२ प्रतिशत घटेको छ।

165 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता